ठण्याकाठा पहिरोमा घाइते भएका स्काइभेटर चालक बुढाको हवाई उद्दार

दार्चुला । दार्चुलाको महकाली नगरपालिका वडा नम्बर ५ किम्तडी ठण्याकाठामा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काइभेटर (अपरेटर) चालकलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।

शुक्रबार(आज) विहान सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका वडा नम्बर ११ घर भएका रेशम बुढा गम्भीर घाइते हुनुभएको थियो ।

घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी हेलिकप्टर मार्फत कैलाली पठाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । घाइते चालकको उद्दारको लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेको उहाँले बताउनुभयो। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत बुढालाई थप उपचारको लागी कैलाली पठाइएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?