व्याँस  गाउँपालिका वडा नम्बर २ राप्लामा आगलागी

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ राप्लामा आगलागी भएको छ ।

गाउँपालिकाको  वडा नम्बर २ दुम्लिङ्ग बिचगाउँका सुरेन्द्र सिंह बुढाथोकीको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो । दाउरा राख्ने ठाउँबाट सल्केको आगो गोठ हुदै घर सम्म पुगेको र घरमा भएको अन्नपात जलेर नष्ट भएको पारिवारिक स्रोतले जनाएको छ ।

साथै, सोही घरमा बस्ने हरसिंह धामीको पनि अन्तपात जलेको स्थानीयहरुले बताएका छन । स्थानीय तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?