गोकुलेश्वरमा शिक्षक कार्यसम्पादन मूल्याकंन व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा शिक्षक कार्यसम्पादन मूल्याकंन व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

शिक्षा विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित होटेल अपिनाम्पामा गोष्ठी सम्पन्न भएको गोष्ठीमा सहभागी अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

कार्यशाला गोष्ठीमा दार्चुलाका नौँ वटै स्थानीय तह तथा बैतडीको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरतचन्द नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखहरु, शिक्षा विकास तथा समन्वय इकाइ दार्चुला र बैतडीका प्रमुखहरु, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा ,शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्ट, केन्द्रका निर्देशक टुकराज अधिकारी,गणेश आचार्य शिक्षा विकास निर्देशनालयका उप– सचिव मदन राज जोशी,लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

शिक्षा विकास निर्देशनालय का महानिर्देशक दुर्गादत्त विष्टको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको रहेको थियो । त्यस्तै कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मा शैल्यशिखर नगरपालिकाका उप–प्रमुख शान्ती खडायत, प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?