प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकदर्पण मिडिया प्रमुख जोशी निर्वाचित

दार्चुला । प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न जिल्लाको पाँचौँ जिल्ला अधिवेशनबाट जोशी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रेस चौतारीको अध्यक्षमा निर्वाचित जोशी दार्चुलाबाट सञ्चालित रेडियो लोकदर्पणका स्टेसन म्यानेजर तथा लोकदर्पण टिभी अनलाइन सञ्चालक र गोरखापत्र समाचारदाताको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ । यस्तै प्रेस चौतारी दार्चुलाको उपाध्यक्षमा रमेशसिह खत्री, महिला उपाध्यक्षमा विमला भुजेल धामी, सचिव मानसिह कुवर, सहसचिव निरज कुमार धामी, समावेशी सचिव पदम परियार र कोषाध्यक्षमा उद्धवसिंह धामी निर्वाचित हुनुभएको छ ।

११ सदस्यीय कार्यसमितिको सदस्यमा रवि ओड, मनोरथ मिश्र, लोकेन्द्रसिंह धामी र जानकी जोशी चयन भएका छन् । केन्द्रीय र प्रदेश अधिवेशनका लागि पनि पार्षद् चयन भएका छन् । जसमा प्रदेश अधिवेशनको लागि कृतिनिधि जोशी, विपिन विष्ट र लक्ष्मी भाट प्रदेश पार्षदमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि पार्षदमा लक्ष्मणसिह धामी, कृष्णसिह धामी र चादनी चैसिर निर्वाचित भएका छन् ।

 

अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी, सदस्य र अधिवेशन प्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेर कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?