प्रेस चौतारी नेपाल दार्चुलाकोे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

दार्चुला । प्रेस चौतारी नेपाल दार्चुलाकोे पाँचौं जिल्ला अधिवेसन पछिको पहिलो बैठक शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले अधिवेसनमा भएको खर्च अनुमोदन, अधिवेसन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन, खाता सञ्चालन, कार्यालय व्यवस्थापन, मिडिया समन्वय जस्ता विभिन्न प्रस्तावहरु माथि छलफल गर्दै आवश्यक निर्णय गरेको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरू सहभागी उक्त बैठकले पत्रकारहरुको हक, हित र पेशागत सुरक्षाका लागि काम गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ, जिल्ला स्थित मिडियाहरू, सरोकारवाला कार्यालय र स्थानीयतहहरूसंग पत्रकार र सञ्चारमाध्यमको हितका लागि आवश्यक समन्वय गर्ने निर्णय गरिएको प्रेस चौतारी दार्चुलाका अध्यक्ष जोशीले बताउनुभयो ।

बिहिवार सम्पन्न प्रेस चौतारी नेपाल दार्चुलाको पाँचौं अधिवेशनबाट लोकेन्द्रप्रसाद जोशीको अध्यक्षतामा, उपाध्यक्ष रमेशसिह खत्री, महिला उपाध्यक्ष विमला भुजेल धामी, सचिव मानसिह कुवर, सहसचिव निरज कुमार धामी, समावेशी सहसचिव पदम परियार र कोषाध्यक्ष उद्धवसिंह धामी रहनेगरि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको थियो ।

अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै शुक्रबार सम्पन्न भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?