दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरू, टिंकर जोड्ने बाटो निर्माणको बिषयमा छलफल गर्न ब्याँस गाउँपालिकाले माघ २० गते (भोली) सरोकारवालाहरुको बैठक डाकेको छ ।
गाउँपालिकाले माघ १८ गते एक सार्वजनिक सूचना प्रकाशन गर्दै अर्थ मन्त्रालयले निकासा गरेको ५ करोड ५० लाख बजेटमा बाटो निर्माणको बिषयमा छलफल गर्न बैठक डाकेको ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।
ब्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणको बिषयमा छलफल गर्न जारी गरेको सूचना हेर्नुहोस ।






प्रतिक्रिया