दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माघ २६ गतेबाट गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
गाउँपालिकामा आज बसेको बैठकको निर्णयअनुसार माघ २६ गतेबाट वडा नम्बर ३ लालीमा रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशब राज ओझाले जानकारी दिनुभयो ।
यसअघी दार्चुलाका आठ वटा स्थानीय तहहरुमा प्रतियोगिता सम्पन्न भइसकेका छन् । पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएपछि दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १० गतेबाट फागुन १५ गते सम्म मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तपोवन खेलमैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ। नौँ वटै पालिकाबाट छनोट भएका टिमबिच जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा हुनेछ ।





प्रतिक्रिया