दार्चुला । नेकपा (एमाले) दार्चुलाले संगठन विस्तार र मिसन २०८४ केन्द्रीत तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत आज मालिकार्जुन ७ जोलजिविमा कार्यक्रम सञ्चालन गरिएको छ । माघ १८ गते शुक्रबार (हिजो) मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुबाट सुरु भएको अभियान चैत्र २० गते सम्म दार्चुलाका ६१ वटै वडाहरुमा सञ्चालन हुने छ । हिजो मालिकार्जुन ६ उकूबाट सुरु भएको कार्यक्रम अन्तरगत आज मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा कार्यक्रम सञ्चालन गरिएको छ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा कमिति अध्यक्ष अम्बादत्त पन्तको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य हरदेव जोशी रहनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रदेश कमिटि सदस्य एव मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी एमाले जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत एमालेका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।
पाटी संगठन सुदृढिकरणको लागि सञ्चालन गरिएको ३ महिने अभियान अन्तरग भोली २० गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ मा कार्यक्रम सञ्चालन गरिने एमाले जिल्ला कमिटि सदस्य एवं वडा नम्बर ७ का सहजकर्ता देव सिंह सामन्तले जानकारी दिनुभयो । यस्तै ३ महिने कार्यक्रम अन्तरगत वडा नम्बर २ ठीङमा माघ २१ गते, वडा नम्बर ३ मालिकार्जुन मडमा माघ २२ गते, वडा नम्बर ४ ऐरिछानामा माघ २३ गते, वडा नम्बर ८ पस्तीमा माघ २४ गते र वडा नम्बर ५ डाडाकोटमा माघ २५ गते कार्यक्रम सञ्चालन गरिने जोशीले जानकारी दिनुभयोे ।
लेकम गाउँपालिकामा माघ २६ गते देखी फागुन १ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। माघ २६ गते लेकमको वडा नम्बर ३ लालीमा, माघ २७ गते वडा नम्बर ४ खरकडामा, माघ २८ गते वडा नम्बर २ कुणीमा, माघ २९ गते वडा नम्बर १ सर्मोलीमा, माघ ३० गते वडा नम्बर ५ चौपातामा र फागुन १ गते गाउँपालिकाको वडा नम्बर ६ उचाकोटमा कार्यक्रम सञ्चालन हुने छ ।शैल्यशिखर नगरपालिकामा फागुन २ गते देखी फागुन १० गते सम्म कार्यक्रम सञ्चालन हुने छ। फागुन २ गते वडा नम्बर ८ झरकडामा, फागुन ३ गते वडा नम्बर ३ बन्तोलीमा, फागुन ४ गते वडा नम्बर ६ ग्वानीमा, फागुन ५ गते वडा नम्बर ५ बगौरामा, फागुन ६ गते वडा नम्बर ४ काडाँपारीमा, फागुन ७ गते वडा नम्बर ३ लुइटामा, फागुन ८ गते वडा नम्बर २ देथलामा, फागुन ९ गते वडा नम्बर ९ गोकुलेश्वरमा र फागुन १० गते नगरपालिकाको वडा नम्बर १ बलाचमा कार्यक्रम सञ्चालन हुने एमाले दार्चुलाले जनाएको छ।
अपिहिमाल गाउँपालिकामा फागुन ११ गते देखी १६ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। फागुन ११ गते गाउँपालिकाको वडा नम्बर ६ धनकङमा, फागुन १२ गते वडा नम्बर ५ सौगन्नामा, फागुन १३ गते वडा नम्बर १ सीतीमा, फागुन १४ गते वडा नम्बर २ घुसामा, फागुन १५ गते वडा नम्बर ३ थुम्ती र फागुन १६ गते गाउँपालिकाको वडा नम्बर ४ खण्डेश्वरी पार्टी कार्यालयमा कार्यक्रम सञचालन हुने छ ।
मार्मा गाउँपालिकामा फागुन १७ गते देखी २२ गते सम्म कार्यक्रम सञ्चालन हुने छ । फागुन १७ गते मार्मा गाउँपालिकाका वडा नम्बर १ घोल्जरमा, फागुन १८ गते वडा नम्बर २ पालिका केन्द्रमा, फागुन १९ गते वडा नम्बर ४ मटबगडमा, फागुन २० गते वडा नम्बर ५ मुरैमा, फागुन २१ गते वडा नम्बर ६ निम्ठामा र फागुन २२ गते वडा नम्बर ३ लटिनाथ बजारमा कार्यक्रम सञ्चालन गरिने एमाले दार्चुलाले जनाएको छ।
नौगाड गाउँपालिकामा फागुन २३ गते देखी २८ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। फागुन २३ गते गाउँपालिकाको वडा नम्बर ६ धुलीगाडा खेडामा, फागुन २४ गते वडा नम्बर ५ होपरीगाडमा, फागुन २५ गते वडा नम्बर ४ डाडा सिप्टीमा, फागुन २६ गते वडा नम्बर वडा नम्बर ३ जामीरमा, फागुन २७ गते वडा नम्बर १ साङपाङमा र फागुन २८ गते वडा नम्बर २ सुण्डुमुण्डुमा कार्यक्रम सञ्चालन हुने छ ।
ब्याँस गाउँपालिकाको वडा नम्बर १ को कार्यक्रम चैत २० गते बाङ्गाबगडमा हुने छ, भने अन्य वडाहरुमा चैत २ गते देखी ६ गते सम्म कार्यक्रम सञ्चालन गरिने छ। चैत २ गते गाउँपालिकाको वडा नम्बर २ मालमा, चैत ३ गते वडा नम्बर वडा नम्बर ३ सिनामा, चैत ४ गते वडा नम्बर वडा नम्बर ४ सुनसेरामा, चैत ५ गते वडा नम्बर ५ स्याँकुमा र चैत ६ गते गाउँपालिकाको वडा नम्बर ६ हुतीमा कार्यक्रम सञ्चालन हुने छ।दुहुँ गाउँपालिकामा चैत ७ गते देखी ११ गते सम्म कार्यक्रम सञ्चालन हुने छ। चैत ७ गते गाउँपालिकाको वडा नम्बर १ बिणमा, चैत ८ गते वडा नम्बर २ हिकिलामा, चैत ९ गते वडा नम्बर ५ चल्लेगाडामा, चैत १० गते वडा नम्बर ४ पाक्सेमा र चैत ११ गते गाउँपालिकाको वडा नम्बर ३ बोहरीगाउँमा कार्यक्रम सञ्चालन हुने छ ।महाकाली नगरपालिकामा चैत १२ गते देखी चैत २० गते सम्म कार्यक्रम सञ्चालन गरिने एमाले दार्चुलाले जनाएको छ।
चैत १२ गते नगरपालिकाको वडा नम्बर १ छापरीमा, चैत १३ गते वडा नम्बर २ सेलामा, चैत १४ गते वडा नम्बर ३ बाँज कालापाटमा, चैत १५ गते वडा नम्बर ४ को दार्चुला विकास संगठनको हलमा, चैत १६ गते वडा नम्बर ५ गल्फैमा, चैत १७ गते वडा नम्बर ६ निसिलमा, चैत १८ गते वडा नम्बर ७ धापमा, चैत १९ गते वडा नम्बर ८ असिगडामा र चैत २० गते नगरपालिकाको वडा नम्बर ९ दत्तुमा कार्यक्रम सञ्चालन हुने एमाले दार्चुलाका सचिव उमेशराज जोशीले बताउनुभयो ।तीन महिने अभियान अन्तरगत एमालेले १ हजार भन्दा बढी मतदाता भएका वडामा कम्तीमा ३० जना र १ हजार भन्दा कम मतदाता भएका वडामा कम्तीमा २० जना नयाँ सदस्य थप गरि वडा स्तरीय कार्यक्रममा सहभागी गराउने निणर्य गरेको छ।
त्यस्तै पुराना सदस्यहरुको सदस्यता नविकरण गराउने, सदस्यता नविकरण नगरेका सदस्यहरुसंग आवश्यक समन्वय गरि नविकरणको वातावरण शृजना गर्ने, पालिका कमिटी र वडा कमिटीमा कार्यालय स्थापना गरि व्यवस्थित गर्ने लगायतका कार्यक्रम गर्ने योजना रहेको सचिव जोशीले जानकारी दिनुभयो । तीन महिने अभियान सञ्चालनका लागि दार्चुलाका नौँ वटै स्थानीय तहका सबै वडामा सहजकर्ता समेत तोकिएका छन् ।
दार्चुलाका ६१ वटै वडामा कार्यक्रम सहजकर्ता तोकेर एमालेका सम्बन्धित भूगोलका सबै नेताहरुलाई कार्यक्रममा सक्रिय सहभागि हुन निर्देशन गरिएको सचिव जोशीले बताउनुभयो ।





प्रतिक्रिया