लेकमको चन्नौलास्थित रेडियो लोकदर्पणको टावरमा नेपाल टेलिकमको उपकरण जडान गरिदै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित चौपाता चन्नौलामा नेपाल टेलिकमको फोरजी बिटिएस उपकरण जडान कार्य भइरहेको छ । लेकमको विभिन्न क्षेत्रमा रहेको नेटवर्कको समस्या समाधानका लागि रेडियो लोकदर्पणको टावरमा टेलिकमको फोरजी उपकरण जडान कार्य भइरहेको हो ।

तत्काल चन्नौलास्थित रेडियो लोकदर्पणको टावरमा फोरजी सिस्टम जडान गरेर सेवा दिने उद्देश्यले जडान कार्य भइरहेको र निकट भविष्यमा उक्त क्षेत्रमा नेपाल टेलिकमको आफ्नै टावर निर्माण गरिने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरूङले जानकारी दिनुभयो । रेडियो लोकदर्पणले टावरमा फोरजी बिटिएस उपकरण जडानको सहमति दिएपछि जडान कार्य शनिबारबाट सुरू भएको उहाँले बताउनुभयो । लेकमका विभिन्न क्षेत्रमा व्याप्त टेलिफोन र इन्टरनेट समस्या समाधान गर्ने उद्देश्यले टावर जडानको सहमति दिइएको रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । माघ मसान्तभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ।

अरू सबै उपकरण आइसकेको भएपनि टेलिकमको रेडियो सिस्टम र फोरजी कार्ड आउन बाकी रहेको बताइएको छ । रेडियो सिस्टम र फोरजी कार्ड जडानपछि सेवा सञ्चालनमा आउने टेलिकम दार्चुलाका प्रमुख गुरूङले बताउनुभयो ।

लेकम क्षेत्रमा सेवाग्राहीले विगतदेखि नै टेलिफोन र इन्टरनेट समस्या भोग्दै आएका छन् । अहिले लेकमको कैनोडा, उचाकोट र ऐरपाली टावरबाट टेलिकमले सेवा दिइरहेको छ । केही ठाउँमा विगतको भन्दा सेवा सुधार भएपनि अझै अधिकांश क्षेत्रमा इन्टरनेट डाटा नचल्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको सेवाग्राहीको गुनासो छ । टेलिफोन र इन्टरनेट समस्या समाधान गर्ने उद्देश्यले फोरजी सेवा विस्तार कार्य भइरहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरूङले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?