गलैनाथ मावि झरकाँडाको ६५ औँ वार्षिकोत्सव समारोह भब्यताका साथ सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ माध्यमिक विद्यालय झरकाँडाको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनराम जोशीको अध्यक्षता एंव शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, शिक्षा शाखा प्रमुख बल्देब भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, वुद्दिजीवी लगायत शिक्षाप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक जयधन जोशीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको कुल आय १ करोड, ३१ लख ४७ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै विद्यालयले यो वर्ष १ करोड १६ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । हाल विद्यालयको चल्ती खातामा ६ लाख ४० हजार, मुद्धती खातामा २४ लाख ४ हजार र मातृभुमी अक्षयकोष खातामा १६ लाख रुपैयाँ बचत रहेको प्रध्यानाध्यापक जोशीले बताउनुभयो ।

विद्यालयमा आज विविद् सास्कृतिक र पुरस्कार बितरण लगायतका कार्यक्रम गर्दै भब्यताका साथ वार्षिकोत्सव समारोह सम्पन्न भएको प्रध्यानाध्यापक जोशीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?