दार्चुला सहित पश्चिम क्षेत्रको मौसम बदली, वर्षा र हिमपातको सम्भावना

दार्चुला । आज दार्चुला सहित पश्चिम नेपालमा विशेषगरी पहाडी र उच्च हिमाली क्षेत्रमा मौसममा परिवर्तन भएको छ ।

पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अहिले बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको भए पनि दिउँसो हट्ने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?