ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई दार्चुलाका दुई स्थानीय तहद्धारा नगद सहित सम्मान

दार्चुला । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई दार्चुलाका दुई स्थानीय तहले नगद सहित सम्मान गरेका छन ।

जिल्लाको मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाले दाहाललाई नगद सहित सम्मान गरेका हुन । मालिकार्जुन गाउँपालिकाले यहि माघ ५ गते पालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको थियो, भने महाकाली नगरपालिकाले  पनि  दाहाललाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

प्रिन्सको अनुपस्थितिमा उहाँका बुवा नारायण दाहाललाई दुबै स्थानीय तहले नगद १÷१ लाखका चेक हस्तान्तरण गरेका हुन ।

हिमाली जिल्ला दार्चुलामा जन्मिएका  दाहालले ब्याडमिन्टनमा २०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जित्नुभको थियो, भने  सन २०२२ मा विश्वको नम्बर एक जुनियर खेलाडीमा पर्नुभएको थियो। दार्चुलाको महाकाली नगरपालिका -४ घर भएका दाहाल हाल काठमाण्डौमा बस्नु हुन्छ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?