दार्चुला ।दार्चुलाको लेकम गाउँपालिकामा आजबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सुरु भएको छ।
लेकम गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार दोस्रो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर आजवाट सुरु भएको गाउँपालिकाका एम आई एस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत बुधबार (आज) गाउँपालिकाको वडा नम्बर ३ मा शिविर सञ्चालन गरिएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश सिह थापाको अध्यक्षता एंव गाउँपालिका उपाध्यक्ष माधवी जोशीको आतिथ्यतामा वडा नम्बर ३ मा शिविर सम्पन्न भएको विष्टले बताउनुभयो । शिविरबाट वडा नम्बर ३ का ५८ महिला र ४० जना पुरुष गरि ९८ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको उहाँले जानकारी दिनुभयो ।
शिविरमा गाउँपालिकाको तर्फबाट एम आई एस अपरेटर प्रकाश राज बिष्ट, लक्ष्मी सनराईज बैक लेकम शाखाका कर्मचारी रमेश जोशीको सहभागिता रहेको छ। त्यस्तै बिहिबार (भोली) गाउँपालिकाको वडा ४ खरकडामा, २५ गते वडा नम्बर ६ उचाकोटमा, २७ गते वडा नम्बर वडा नम्बर १ सर्मोलीमा र २८ गते वडा नम्बर २ कुणीमा शिविर सञ्चालन विष्टले बताउनुभयो ।
लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, अपाङ्गता परिचय पत्र र चेक बुक लिएर भत्ता बुझिलिन आग्रह गाउँपालिकाले आग्रह गरेको छ।
शिविर विहान १० बजेदेखी दिउँसो ४ बजेसम्म सञ्चालन भइरहेको छ।





प्रतिक्रिया