दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा “कार्यस्थलमा आधारित सिप विकास तथा जीवन उपयोगी तालिम”को उद्घाटन गरिएको छ।
मालिकार्जुन गाउँपालिकाको आर्थिक र ट्रेश नेपाल धनगडीको प्राविधिक सहयोगमा ५० दिने डकर्मी तथा पोलम्बीङ तालिमको विहिबार (आज) उद्घाटन गरिएको हो । गाउँपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सञ्चालन भइरहेको तालिममा १६ जनालाई डकर्मी र २४ जनालाई पोलम्बीङ तालिम दिन लागिएको गाउँपालिकाका रोजगार सहायक राम सिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर २ मा विहिबार वडा अध्यक्ष गणेश सिंह धामीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यतामा डकर्मी तालिमको उद्घाटन गरिएको उहाँले बताउनुभयो । उक्त तालिममा १६ जनाको सहभागिता रहेको छ।
त्यस्तै वडा नम्बर १ मा वडा अध्यक्ष रमेश सिंह बोहराको अध्यक्षता एव गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यतामा ५० दिने पोलम्बीङ तालिमको उद्घाटन गरिएको छ। पोलम्बीङ तालिममा २४ जनाको सहभागिता रहेको धामीले बताउनुभयो ।
जम्मा ४० जनाको सहभागिता रहेको “कार्यस्थलमा आधारित सिप विकास तथा जीवन उपयोगी तालिम” ५० दिन सम्म सञ्चालन हुने छ।
सिपमुलक तालिम प्रदान गरि गाउँपालिकामा दक्ष जनशक्ति उत्पादन गर्ने र गाउँपालिकामा भएको बेरोजगारी समस्यालाई केही तद सम्म कम गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको भनाई छ ।
गाउँपालिकाले यस अघि पनि विभिन्न तालिम सञ्चालन गरिरहेको रोजगार सहायक राम सिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया