राष्ट्रिय मावि दत्तुमा अनेरास्ववियुले आयोजना गरेको हाजिरजवाफ प्रतियोगिता सम्पन्न

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले आयोजना प्रतियोगिता सम्पन्न भएको हो । अनेरास्ववियु महाकाली नगर कमिटी अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षता रहेको कार्यक्रममाअनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र प्रशाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा विद्यालयमा गठन गरिएका ४ सदनका १६ जना विद्यार्थीको सहभागीता रहेको थियो । जसमध्ये मालिकार्जुन सदन प्रथम, अपि सदन द्धितीय र शैल्यशिखर सदल तृतीय भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच मालिकार्जुनको वडा नम्बर ८ पस्तीमा अवस्थित शंकरपुर क्याम्पसमा सोनिया परियारको अध्यक्षतामा १९ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?