अर्जुन ट्रफी क्रिकेटः फाइनल प्रवेशका लागि आज अत्तरिया र धनगढी भिड्दै

दार्चुला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ।

दिउँसो १२ः१५ बजेदेखि फाइनल प्रवेशका लागि सिवाइसी अत्तरिया र डीसीए धनगढी भिड्ने भएका हुन्। यसअघि शनिवार भएको पहिलो फाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ। आजको विजेता टिमले सोमवार फाइनलमा डडेल्धुरासँग भिड्ने छ।

अत्तरिया सँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले आज नेपाली अलराउण्डर दिपेन्द्र सिह ऐरीलाई नयाँ खेलाडिका रुपमा भित्र्याएको छ। जसले खेललाई झन रोचकता प्रदान गरेको छ। धनगढीबाट दिपेन्द्र सिंह ऐरी सहित ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?