अर्जुन ट्रफीः फाइनलमा अत्तरिया र डडेल्धुरा भिड्दै

दार्चुला । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ।

आज दिउँसो १२ः१५ बजे देखि सुरु हुने खेलमा उपाधिका लागि सिबाईसी अत्तरिया र फेण्ड्स क्लब डडेल्धुरा बिच प्रतिस्पर्धा हुने छ। आइतवार भएको देस्रो सेमिफाइनल खेलमा अत्तरियाले धनगढीलाईलाई पराजित गर्दै फाइनमा पुगेको हो भने शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डडेल्धुरा न्यु होराईजन बुटवललाई पराजित गर्दै फाइनमा पुगेको थियो।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?