दार्चुला । लागूऔषध खैरो हेरोइनसहित दार्चुलाका दुई जना पक्राउ परेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटबाट दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय शुशिल बिष्ट र मालीकार्जुन गाउँपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय गोबिन्द धामी पक्राउ परेका हुन् ।
बुधवार भीमदत्त नगरपालिका वडा नम्बर ३ स्थित पुर्णागिरी होटेलबाट दार्चुलाका बिष्ट र धामी सहित डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय दलबहादुर बोहरा, भीमदत्त नगरपालिका वडा नम्बर ६ वस्ने ४२ वर्षीया शरस्वती कुमारी बिष्ट र उहाँका छोरा २४ वर्षीय प्रकाश सिंह धामी ५ दशमलव २३ ग्राम खैरो हेरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





प्रतिक्रिया