दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका ६ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माघ १० गते वडा नम्बर ५ स्थित चैलानी आधारभूत विद्यालय तल्लोफेरबाट सुरु भएको कार्यक्रम आज वडा नम्बर १ मा रहेको महादेव आधारभूत विद्यालय ल्वाथीमा सम्पन्न भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ ९ गते वडा नम्बर ५ मा अवस्थित डाडाँबाघ आधारभूत विद्यालय लुम्थी, १० गते वडा नम्बर ५ कै भवानी माध्यमिक विद्यालय सैगान्नामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै माघ २८ गते वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालय घुसा, २९ गते वडा नम्बर १ मा रहेको भवानी आधारभूत विद्यालय सितीमा कार्यक्रम सम्पन्न भएको छ ।
फागुन १ गते भोली अपिनाम्पा आधारभूत विद्यालय लिथी पाटुमा कार्यक्रम सञ्चालन हुने सहायक जोशीले बताउनुभयो । शैक्षिक गुणस्तर सुधारका लागी अभिभावकहरुको भुमिका बढाउने उद्धेश्यले गाउँपालिकाभित्रका २२ वटै माध्यमिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधिहरु,शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी लगायत सरोकारवालाहरुसंग शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल भइरहेको छ ।





प्रतिक्रिया