लेकम गाउँपालिकाका वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रमको समयतालिका सार्वजनिक

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका वडाहरुमा चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम तथा अर्धवार्षिक समिक्षाको समयतालिका सार्वजनिक गरिएको छ ।

गाउँपालिका अन्तरगतका छ वटै वडा कार्यालयहरुको सार्वजनिक सुनुवाई सञ्चालन तथा सहजीकरणका लागि समय तालिका सहितको सूचना सार्वजनिक गरिएको हो ।

लेकम गाउँपालिकाको आयोजना तथा मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित रेडियो लोकदर्पणको सहजीकरणमा सञ्चालन हुने सार्वजनिक सुनुवाई कार्यक्रम लेकमको वडा नम्बर १ र २ मा फागुन ६ गते, वडा नम्बर ३ र ४ मा फागुन ७ गते र वडा नम्बर ५ र ६ मा फागुन ८ गते कार्यक्रम सञ्चालन हुने छ ।

सबै वडाहरुमा विहान ११ बजेदेखि कार्यक्रम सञ्चालन हुने सहजीकरण संस्था मालिकार्जुन सामुदायिक संस्थाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयहरुले आर्थिक वर्षको हालसम्म गरेको सेवाप्रवाह र विकास निर्माणका विषयमा जानकारी गराइने छ ।

बस्तुस्थिति विवरण प्रस्तुती संगै सेवाग्राही आम वडाबासी उपभोक्ता र सेवाप्रदायक वडाहरुबिच दोहोरो सार्वजनिक संवाद आयोजना गरिने भएकोले उपस्थितिका लागि सबै नागरिक र सरोकारवालाहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

रचनात्मक सल्लाह, सुझाब, गुनासो र प्रतिक्रियासहित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भइदिनुहुन उपभोक्ता समिति, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई अनुरोध गरिएको छ ।

लेकम गाउँपालिकाका सार्वजनिक सुनुवाईको लागी भने अर्काे सूचना जारी गरिने संस्थाका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?