मार्मा गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम र द्धितीय त्रैमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंह, प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशी, वडा अध्यक्षहरु, पालिकाका शाखागत कर्मचारी, राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवी, विभिन्न संघ सस्थाका प्रमुखहरु लगायत मार्माका स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले मार्मा गाउँपालिका अन्र्तरगत सञ्चालन भइरहेका योजनाहरुलाइ दिगो र दरिलो बनाउनुपर्ने माग गरेका छन् । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, उद्योगहरु लक्षित कार्यक्रम सञ्चालन गरेर आत्मानिर्भर बनाउनुपर्ने लगायतका सुझाव तथा मागहरु राखेका छन् ।

सेवाग्राहीका सुझाव तथा मागहरुलाई सम्बोधन गर्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले गाउँपालिकाले उक्त विषयहरुमा आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै केन्द्र सरकारले बजेट कटौती गर्दा गाउँपालिकामा बजेट अभाव भएको र योजनाहरु सञ्चालन गर्न समस्या भइरहेको उहाँको भनाई थियो ।

मार्मा गाउँपालिकाको आयोजना तथा मिडिया विकास समाज नेपाल दार्चुलाको सहजिकरणमा सार्वजनिक सरोकारका विषयबस्तुहरुमा गहन छलफल गर्दै गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम र द्धितीय त्रैमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?