व्याँस गाउँपालिकाको सिनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजना एंव व्याँस गाउँपालिका र वडा नम्बर ३ को सहजिकरणमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता उपेन्द्र धामीले जानकारी दिनुभयो ।

विज्ञ केन्द्र दार्चुलाको वार्षिक कार्ययोजना अनुुसार उक्त वडामा शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । शिविरबाट वडा नम्बर ३ का २ सय जना पशुधनीहरुलाई विभिन्न १२ किसिमका औषधि निशुल्क रुपमा वितरण गरिएको उहाँले बताउनुभयो ।

वडास्तरमै आएर पशुपालक किसानहरुलाई सेवा दिएकोमा वडा कार्यालयले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलालाइ धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?