दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा अवस्थित भगवती स्वास्थ्य चौकीमा निशुल्क क्षयरोग परीक्षण एक्सरे शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय,डोटी र स्वास्थ्य कार्यालय दार्चुलाको प्राविधिक सहयोग तथा मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमवार भगवती स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको क्षयरोग परीक्षण अभियानका पालिका संयोजक माधव सिंह धामीले जानकारी दिनुभयो ।
जसअन्र्तरगत अत्याधुनिक प्रविधिको प्रयोग गरि एआई प्रविधिबाट छातिको एक्सरे संगै खकार संकलन गरिएको उहाँले बताउनु भयो । भगवतीमा सम्पन्न शिविरबाट कुल २०७ जनाले सेवा लिएका छन् । यस्तै फाुगन ६ गते वडा नम्बर ५ को डाडाकोट स्वास्थ्य चौकी र फागुन ७ गते वडा नम्बर ३ को मालिकार्जुन स्वास्थ्य चौकीमा शिविर संञ्चालन हुनेछ ।
शिविरमा मधुमेह, मुटुका रोगी उच्चरक्तचाप स्वासप्रश्वास र दमका रोगीहरुहरुलाई समेत सेवा दिइने बताइएको छ ।





प्रतिक्रिया