दार्चुला । राष्ट्रिय प्रजातन्त्र दिवंस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला सदरमुकाम खंलगा र जिल्लाका स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाएका छन। जिल्ला समन्वय समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कष्यप)को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी प्रमुख अतिथि रहनुभएको थियो ।त्यस्तै कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । विहान प्रभातफेरी सहित काता, कराते प्रर्दशनी सहित पतन्जली योग समितिद्धारा योग अभ्यास सञ्चालन गरिएको थियो । त्यस्तै दिवसकै अवसरमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन मन्दिर परिसरमा सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । प्रजातन्त्र दिवसको अवसरमा तीन दिन सम्म दिप प्रज्वलन गरि दिपावली मनाईने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा विहान बाँजागाजा सहित गोकुलेश्वर बजार परिक्रमा गरि दिवस मनाइएको उहाँले बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्ट लगायतको सहभागितामा दिवस मनाइएको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाको मलिकार्जुन गाउँपालिकाले पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शव इन्जिनियर सुमेरु बिक्रम धामीले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजनामा मनाइएको कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरुबिच विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको तथा गाउँपालिका भित्र रहेका विभिन्न मन्दिरहरुमा सरसफाइ गरिएको उहाँले बताउनुभयो ।
जिल्लाका अन्य स्थानिय तहहरुले पनि प्रजातन्त्र दिवस भव्यताका साथ मनाएका छन।






प्रतिक्रिया