शैल्यशिखर–३ लुईटामा एमालेको मुल टोलीको कार्यक्रम सम्पन्न,एक जना पार्टी प्रवेश

दार्चुला । दार्चुलामा नेकपा एमालेको तीन महिने वडा केन्द्रीत जरा अभियान जारी रहेको छ । बुधवार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ को लुईटामा मुल टोलीको कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष गोपाल सिंह गोयलाको अध्यक्षता एंव केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यतामा अन्तरक्रीया गर्दै  मुल टोलीको कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला कमिटी उप–सचिव कर्ण बहादुर खडायतले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा पूर्व जिल्ला कमिटी अध्यक्ष राम दत्त जोशी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एंव शैल्यशिखर नगर प्रमुख विजय सिंह धामी, जिल्ला कमिटी सदस्य एंव शैल्यशिखर नगर–उपप्रमुख शान्ती खडायत लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा २०६० सालबाट नेपाली कांग्रेसमा आवद्ध शिव राज भट्टले एमाले प्रवेश गरेको उप–सचिव खडायतले जानकारी दिनुभयो । उहाँलाई केन्द्रीय कमिटी सदस्य हरदेब जोशी लगायत नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । त्यस्तै कार्यक्रममा ६० वर्षमाथिका २५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मानित गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?