भिरबाट लडेर बैतडीको सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार खडायतको  मृत्यु

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर ज्यान गएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार (हिजो) बेलुका घरबाट कार्यालय फर्किने बेला बारिलमै भिरबाट लडेर गम्भिर घाइते भएका थिए । त्तत्काल उहाँलाई गोकुलेश्वर अस्पताल ल्याइएको भएपनी डाक्टरले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो ।

अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । मृत्तक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । मिजासिलो स्वभावका प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको निधनले सिंगो बारिल गाउँ शोकमग्न भएको स्थानीय कर्णबहादुर खडायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?