लेकमका ६ वटै वडामा सार्वजनिक सुनवाई सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका ६ वटै वडाहरुको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । फागुन ६ गते वडा नम्बर १ र २ बाट सञ्चालन भएको कार्यक्रम ७ गते वडा नम्बर ३ र ४ मा तथा ८ गते आज वडा नम्बर ५ र ६ मा चालु आर्थिक वर्षको हालसम्म वडाहरूबाट प्रवाह भएका सेवा, सुशासनको अवस्था र विकास निर्माणका योजना कार्यक्रमबारे छलफल तथा संवाद गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीले सार्वजनिक सरोकारको विषयमा सुझाब, सल्लाह, गुनासो र प्रश्नहरू राख्नुका साथै जवाफदेहीवक्ताहरूले आवश्यक प्रतिबद्धता र जवाफ दिएका छन् ।

वडा नम्बर ५ मा वडा अध्यक्ष बलदेब सिंह बोहराको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाईमा वडा सचिव दिपक सिंह धामीले बस्तुस्थिति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार लेकम ५ मा दोस्रो त्रैमासिकसम्म ५९ लाख ५० हजार बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ४० लाखका २४ योजना विनियोजन गरि कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।

स्थानीय हर सिंह बोहराले प्रतिबद्धता अनुसार सहयोग नभएको गुनासो गर्नुभयो । रामदत्त जोशीले वडामा कर्मचारी व्यवस्थापन गरिनुपर्ने, सामाजिक परिचालक पुनर्थापना हुनुपर्ने माग गर्नुभयो । बिष्णुदत्त जोशीले खानेपानी समस्या समाधानका लागि बृहत लिफ्ट खानेपानी योजना सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो । यस्तै अधुरो विद्युतिकरणको काम हुनुपर्ने, सडक व्यवस्थित गरिनुपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको कुसल कार्यान्वयन हुनुपर्ने, समयसमयमा योजना अनुगमन गरिनुपर्ने लगायत विभिन्न विषयमा सहभागीबाट सुझाब, सल्लाह प्राप्त भएकोमा वडाअध्यक्ष बल्देबसिंह बोहराले जवाफ तथा प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा लेकम गाउँपालिकाका पुर्वअध्यक्ष परमानन्द जोशी, लटिनाथ माविका प्रधानाध्यापक केशवराज बिष्ट, लेकम गाउँपालिकाका रोजगार संयोजक राधापल्लब जोशी लगायतले सुझाब मन्तव्य राख्नुभएको कार्यक्रमका सहजकर्ता रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र जोशीले बताउनुभयो ।

त्यस्तै वडा नम्बर ६ मा वडा अध्यक्ष हरि बहादुर साउँदको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सचिव महेश राज जोशीले वस्तुस्थिति विवरण प्रस्तुत गर्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) का वडा कमिटी अध्यक्ष रामदत्त मिश्रले भैरवनाथ आधारभूत विद्यालय श्रीपुरमा भान्सा घर निर्माण गर्नुपर्ने, खानेपानी, बाटोघाटो निर्माण, शिक्षा स्वास्थ्य सञ्चार लगायतका समस्या समाधान गरिनुपर्ने सुझाव दिनुभयो । वडा सदस्य चन्चल सिंह खत्रीले विद्युतिकरण, खानेपानी, सडक स्तरोउन्नती, बाटोघाटो निर्माणमा वडाले काम गरिरहेको र थप बजेटका लागि पालिकासंग आग्रह समेत गर्नुभएको छ । स्थानीय कैलाश नाथले स्वास्थ्य भवनको घेरपर्खाल निर्माण गर्नुपर्ने, तिउनेगाउँ–तेलिगाउँ खानेपानीको मर्मत सम्भार गर्नुपर्ने लगायतका मागहरु राख्नुभएको छ । कार्यक्रममा उठेका गुनासाको सम्बोधन र सुझाबमाथि वडाअध्यक्षबाट प्रतिबद्धता गराइएको कार्यक्रमका सहजकर्ता दुर्गा दत्त मिश्रले बताउनुभयो ।

लेकमको वडा नम्बर ६ मा चालू आर्थिक वर्षमा ५२ लाख ४० हजारका ३२ वटा योजनाहरु रहेकोमा २२ वटा सम्झौता भएको र १० वटा सम्झौताको चरणमा रहेको वडा सचिव महेश राज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?