दार्चुला । प्रतिनिधिसभा सांसद एंव भौतिक पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंह फागुन १० गते (भोली ) दार्चुला आउने कार्यक्रम तय भएको छ ।
मार्मा गाउँपालिकामा रहेको दार्चुला पावर लिमिटेड, मध्य चमेलिया जलविद्युत आयोजनाको शिलन्यास गर्न सांसद सिंह हवाई मार्गबाट दार्चुलाको मार्मा आउने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो ।
मार्मा पुर्ख्यौली घर भएका सांसद सिंह जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी हुने र १० शैयाको मार्मा आधारभूत अस्पतालको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद सिंह दार्चुलाका विभिन्न विषयबस्तु सरकारसमक्ष उठाउदै आएका छन् ।





प्रतिक्रिया