शैल्यशिखर-१ ले वडाको बजेटबाट एम्बुलेन्स खरिद गर्यो, केही दिनपछि सेवा सञ्चालन हुने

दार्चुला ।  दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ ले वडा कार्यालयको बजेट बाट एम्बुलेन्स खरिद गरेको छ।

चालू आर्थिक वर्ष २०८१।०८२ को बजेटमार्फत वडा कार्यालयले एम्बुलेन्स खरिद गरेको हो । शैल्यशिखर नगरपालिकाबाट वडा नम्बर १ लाई प्राप्त भएको ४२ लाख बजेट मध्ये २२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको वडा अध्यक्ष भरतबहादुर खडायतले बताउनुभयो । वडा कार्यालयले खरिद गरेको एम्बुलेन्स स्वास्थ्य मन्त्रालयले परीक्षण गरिरहेको र केहिदिनपछि सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

एम्बुलेन्स वडाबाँसि तथा समस्या परेको बेला जो कोहीले पनी प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । वडा कार्यालयले एम्बुलेन्स सञ्चालन सम्बन्धि कार्यविधि तयार गरेको र सोही अनुसार स्थानीयलाई सेवा दिइने उहाँको भनाई छ।

नगरपालिकामार्फत वडाको लागि विनियोजित बजेटमार्फत छुट्टै एम्बुलेन्स खरिद गर्ने निणर्य बमोजिम एम्बुलेन्स खरिद गरिएको उहाँको भनाई छ ।

वडाअध्यक्ष खडायतले एम्बुलेन्स खरिद प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?