ऐतिहासिक गोकुलेश्वर मेला फागुन १४ गतेदेखि, विद्यालयले खेलमैदान प्रयोगवाफत सहयोग उठाउने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा शिवरात्रीको अवसरमा लाग्ने मेलाको तयारी सुरु भएको छ । हरेक बर्ष महाशिबरात्रीका दिन देखि लाग्ने मेला यो बर्ष फागुन १४ गतेबाट लाग्दै छ ।

करिब एक हप्ता सम्म लाग्ने शिबरात्री मेलालाई यस क्षेत्रकै आर्थिक तथा धार्मीक रुपले महत्वपुर्ण मानिने गरेको छ । मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढी हुने गरेको छ । वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष पनि स्थानीय उत्पादित सामग्रीको कारोवार बढ्ने विश्वास गरिएको छ ।

गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार हुने गरेको छ । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राख्ने गरेका छन । गोकुलेश्वर मेला स्थानीय उत्पादीत बस्तुको लागी प्रख्यात मानिने गरेको छ।

यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा लाग्ने मेलामा गोकुलेश्वर माध्यमिक विद्यालयको स्वामित्त्वमा रहेको खेलमैदानमा मेला अवधिभर पसल सञ्चालन  गर्ने  व्यवसायीहरुबाट विद्यालयले सहयोग रकम उठाउने निर्णय गरेको छ ।

मेला अवधिभर विद्यालयको स्वामित्त्वमा रहेको खेलमैदान भित्र व्यवसाय गर्न चाहने व्यक्तिहरुले विद्यालयले तोकेका आधिकारीक व्यक्तिबाट अनुमती लिई सहयोग रकम तिर्नुपर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक पिताम्बर विष्टले बताउनुभयो ।

विद्यालयले एक सूचना जारी गर्दै विद्यालयको स्वामित्त्व रहेको खेलमैदानमा पसल सञ्चालन गर्न सम्पर्क व्यक्ति समेत तोकेको छ। विद्यालयले तोकेका आधिकारि व्यक्तिले हस्ताक्षर गरेको रसिद बाहेक अन्य कसैलाई पनि चन्दा रकम नदिन विद्यालयले जानकारी गराएको छ ।

विद्यालयले तोकेका व्यक्ति बाहेक अन्यन्त्र रकम दिएमा त्यसको जिम्मेवारी स्वयम व्यवसायी नै हुने र विद्यालयले तोकेको सहयोग विद्यालयलाई अनिवार्य रुपमा बुझाउनुपर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?