१५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

दार्चुला । दार्चुलामा सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ।

मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तपोवन खेल मैदानमा सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ । शनिबार (भोली) देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद समिति दार्चुलाले जनाएको छ  प्रतियोगितामा ४ विधा अन्तर्गत भलिबल, कवडी, एथलेटिक्स, कराँते, तेक्वान्दो रहने आयोजकले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य एव पूर्वमन्त्री  दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने मार्मा गाउँपालिकाका योजना अधिकृत रमेश चन्द्र ओझाले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंह र  पूर्वमन्त्री  गणेश सिंह ठगुन्ना लगायत प्रदेश सभासदस्य द्धय विक्रम सिह धामी र मानबहादुर धामीको पनि सहभागिता रहने उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, स्थानीय तहका प्रमुख, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, स्थानीय तहका उप प्रमुख, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका नौँ वटै स्थानीयतहबाट छनौट भएका टिम र खेलाडीहरु तथा जिल्ला छनोटबाट आएका खेलाडीहरुबिच प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताको लागी छनोट हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। यस अघि सञ्चालन भएको १३औँ र १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाकाली नगरपालिको वडा ४ स्थित शिवनगर खेलमैदानमा सम्पन्न भएका थिए ।

खेलकुद समितिले यस अघि लेकम गाउँपालिकाको लाली, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, बलाच, मार्माको लटिनाथ, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरीमा प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?