दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ मा अवस्थित ऐतिहासिक उकु महलको सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले निरीक्षण गर्नुभएको छ ।
रावलले पुरातत्व विभागले उत्खनन् गर्दै आइरहेको भग्नावशेष स्थलको शुक्रवार (हिजो) निरीक्षण गरेको स्थानीय गजेन्द्र चन्दले जानकारी दिनुभयो । उकु महलको बारे लामो अनुसन्धान गरेका पूर्व मुख्यमन्त्री रावलले अहिले भइरहेको कामको प्रगतिको बारेमा पुरातत्व विभागको टोलीसँग जानकारी लिनुभएको छ ।
महलकोे उचित संरक्षण र अध्ययन आवश्यक भएकै कारण उत्खननको काम थालिएको उहाँले बताउनुभयो । यसको लागि आफुले सक्ने प्रयास गरिरहेको समेत उहाँले स्मरण गराउनुभएको छ ।





प्रतिक्रिया