एमालेको तीन महिने वडा केन्द्रीत अभियान जारी, शैल्यशिखर-१ मा ७ जना पार्टी प्रवेश

दार्चुला । दार्चुलामा एमालेको तीन महिने वडा केन्द्रीत अभियान जारी छ। जिल्लाको मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेर एमालेको मुल टोली अहिले जिल्लाको शैल्यशिखर नगरपालिकामा कार्यक्रम गरिरहेको छ।

सोही अन्तरगत एमाले दार्चुलाको मुल टोलीको कार्यक्रम शनिबार (आज)  शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा नेपाली काग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरि ७ जना एमाले प्रवेश गरेका छन।

बलाँचमा भएका कार्यक्रममा प्रकाश खडायत, लक्ष्मण खडायत, पदम भट्ट, नन्दा नाथ, जगी बोहरा, केशब लुहार र अनुप भट्ट एमाले प्रवेश गरेको एमाले दार्चुलाका सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।  नेकपा एमाले वडा कमिटी अध्यक्ष गौरी लाल खडायतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एंव शैल्यशिखर नगर प्रमुख विजय सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, पूर्वजिल्ला कमिटी अध्यक्ष राम दत्त जोशी, जिल्ला कमिटी सदस्य एंव शैल्यशिखर नगर–उपप्रमुख शान्ती खडायत, जिल्ला कमिटी सदस्य एवं शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरतबहादुर खडायत लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता र स्थानीय नेता, कार्यकर्ताको सहभागीता रहेको सचिव जोशीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?