दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपालीमा पासोमा परेको चितुवा उद्दारको क्रममा मरेको छ । शुक्रबार दिउँसो पासोमा परेको चितुवा शनिबार राती उद्दारको क्रममा मरेको डिभिजन बन कार्यालयका दार्चुलाका सूचना अधिकारी राजेश पार्कीले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो स्थानीयले सामुदायिक बन क्षेत्रमा थापेको पासोमा परेको चितुवा शनिबार राति १०-११ बजेको समयमा मरेको उहाँले बताउनुभयो । चितुवा उद्दारको लागी कञ्चनपुरको शुल्लाफाटाको टोली पनि शनिबार राती उक्त क्षेत्रमा पुगेको तर चितुवाको जिवित उद्दार गर्न नसकिएको महाकाली शव डिभिजन बन कार्यालय जोलजिवीका फरेस्टर मान बहादुर नाथले जानकारी दिनुभयो ।
पासोमा परेर गम्भीर अवस्थामा रहेको चितुवा पासोमै मरेको नाथले बताउनुभयो ।” गाडीको ब्रेक तार जस्तो देखिने तारले थापेको पासोले चितुवाको शरीरमा गम्भीर चोट गुगेको थ्यो, जिवित उद्दारको सम्भावना कम थियो । त्यस्मा पनि तत्काल उद्दार गर्न सकिएको भए बच्न पनि सक्थ्यो” उहाँले भन्नुभयो । उक्त क्षेत्रमा पासो थाप्ने व्यक्तिको खोजी कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।
उक्त चितुवा करिब ७-८ बर्ष उमेरको पोथी रहेको उहाँले बताउनुभयो । मृत्यु भएको चितुवालाई इलाका प्रहरी कार्यालय लालीको परिसरमा गाड्ने तयारी भइरेको फरेस्टर नाथले बताउनुभयो।
जिल्लामा बन्यजन्तु उद्दारको लागी दक्ष जनशक्ति र आवश्यक उपकरण नहुदा चितुवाको समयमै उद्दार गर्न नसकिएको सूचना अधिकारी पार्कीको भनाई छ। उद्दारको लागी डिभिजन बन कार्यालय, महाकाली शब डिभिजन बन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुले प्रयास गरेको भए पनि जिवित उद्दार गर्न नसकिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया