दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा आइपुगेको छ ।
आर्थिक वर्ष २०७८।७९ मा भ्याट सहित पौने ६ करोड बजेटमा जागृती निर्माण सेवा बझाङले निर्माणको जिम्मा पाएको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा आइपुगेको र आन्तरिक व्यवस्थापन तथा सिसा लाउन मात्रै बाकीँ रहेको निर्माण कम्पनीका प्रतिनिधि योगेन्द्र कुमार मल्लले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले गाउँपालिकालाइ निर्माणकार्य अन्तिम चरणमा आइपुगेको जानकारी गराएको र सोमवार (भोली) इन्जिनियरले अनुगमन, निरीक्षण गरेपछी केही दिनमा भवन हस्तान्तरण गरि सेवा सूचारु गरिने लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया