दार्चुला । दार्चुलामा करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षता एंव आन्तरिक राजस्व कार्यालय डडेल्धुरका कर अधिकृत रोशन कुमार झा को प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला भन्सार कार्यालय दार्चुलाका प्रमुख, उद्योग वाणिज्य संघ दार्चुलाका पदाधिकारीहरु,सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुहको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई आन्तरिक राजस्व कार्यालय डडेल्धुरका कर अधिकृत रोशन कुमार झाले कर शिक्षा सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा कर लाग्ने बस्तुहरुको बारेमा जानकारी सहित करको दर लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।





प्रतिक्रिया