दार्चुला । दार्चुलामा पहिलो पटक कर्मचारी सञ्चय कोष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय दार्चुलाको सभाहलमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले कर्मचारी सञ्चय कोषको परिचय र यसले गर्ने कामका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।
कर्मचारी सञ्चयकोषले दार्चुला जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत लेखा शाखा प्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई कर्मचारी सञ्चय कोषको बारेमा जानकारी गराइएको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताउनुभयो ।
कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढी २०६१ सालमा स्थापना थियोे । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको कार्यालयले प्रदेशका ९ वटै जिल्लालाई आफ्नो कार्यक्षेत्रको कोषबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु प्रवाह गरिरहेको छ ।
अहिलेसम्म प्रदेशका ९ वटै जिल्लाका करिब ३ हजार ६ सय कार्यालयहरु कोषमा आबद्ध रहेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले आफु पनि कर्मचारी सञ्चय कोषमा आबद्ध रहेको भन्दै यो कोषमा आबद्ध नभएका कर्मचारीहरुलाई कोषमा आबद्ध हुन आग्रह गर्नु भयो ।
त्यस्तै आर्थिक सुरक्षा दिने उद्देश्यले खोलिएको सञ्चयकोषले सञ्चयकर्तालाई अन्य सुविधा पनि दिइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी जोशीले प्रशंसा गर्नुभयो ।





प्रतिक्रिया