दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय रातामाटाको ५७औँ वार्षिकोत्सव सामारोह तथा अभिभावक दिवस र राम चरित अखण्ड रामायण महायज्ञको अवसरमा उक्त विद्यालयका पूर्व विद्यार्थी दिलेन्द्र प्रसाद जोशीले १ लाख बढी आर्थिक सहयोग घोषणा गर्नुभएको छ ।
वार्षिकोत्सबको अवसरमा आयोजित अखण्ड रामायण महायज्ञका लागि विद्यालयलाई दान स्वरूप १ लाख १ हजार १०१ रूपैयाँ आर्थिक सहयोग गरेको लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुर घर भइ हाल जापानमा कार्यरत दिलेन्द्र प्रसाद जोशीले बताउनुभयो । आफुले अध्ययन गरेको विद्यालयले धार्मिक अनुष्ठानको आयोजना गरेको अवसरमा सहयोग घोषणा गरेको रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख समेत रहेका जोशीको भनाइ छ । आर्थिक सहयोगका लागि विद्यालय परिवारले जोशीलाई धन्यवाद ज्ञापन गरेको छ ।





प्रतिक्रिया