दार्चुला । नेकपा (एमाले)को केन्द्रिय लेखा आयोगका अध्यक्ष प्राध्यापक,डाक्टर पुष्पराज कँडेलेको टोली दार्चुला पुगेको छ । पार्टीको लेखा परीक्षणको लागी प्रा.डा. कँडेलेको टोली सोमबार (आज) दार्चुला पुगेको एमाले जिल्ला कमिटि सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।
टोलीमा कडेंल संगै केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेलसमेत आउनुभएको छ । केन्द्रीय लेखा आयोगको टोलिलाई एमालेले पार्टी कार्यालयमा स्वागत गरेको उहाँले बताउनुभयो ।
जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती, सचिव उमेश जोशी, उप सचिव कर्णबहादुर खडायत, लेखा कमिटि अध्यक्ष जहेन्द्र सिह ऐतवाल, कार्यालय सचिव नारायणदत्त भट्ट, लगायत प्रदेश कमिटि सदस्यरुले स्वागत गरेको जोशीले जानकारी दिनुभयो ।
टोलीले पार्टीको आर्थिक कामको लेखापरीक्षण गर्ने बताइएको छ । केन्द्रीय लेखा आयोगको टोली मंगलबार (भोली) फर्कने छ । लेखा आयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो ।





प्रतिक्रिया