दार्चुला । दार्चुलामा एमालेको तीन महिने वडा केन्द्रीत जरा अभियान जारी रहेको छ ।
मंगलवार (आज) अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ आरुखोडमा मुल टोलीको कार्यक्रम अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष मोहन सिंह लोथ्यालको अध्यक्षता एंव केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य शान्ती धामीले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा पूर्व जिल्ला कमिटी अध्यक्ष राम दत्त जोशी, पूर्व गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल स्थानीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । यसअघि वडा नम्बर ५ र ६ मा पनी मुल टोलीको कार्यक्रम सम्पन्न भएको छ । भोली वडा नम्बर २ को घुषामा कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
एमालेले यस अघि जिल्लाको मालिकार्जुन गाउँपालिका बाट सुरु भएको मुल टोलीको कार्यक्रम लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा कार्यक्रम सम्पन्न गर्दै मुल टोली अपिहिमाल पुगेको हो।





प्रतिक्रिया