दार्चुलाको १५औँ राष्ट्रपति रनिङ शिल्डमा ३१ स्वर्णको टुङ्गो लाग्दा महाकालीको अग्रता

दार्चुला । दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । मार्मा गाउँपालिका वडा नम्बर ४ तपोवनमा शनिवार उद्घाटन भएको प्रतियोगितामा आजसम्म ३१ वटा स्वर्णको टुंगो लागेको छ ।

दार्चुलाका नौँ वटै पालिकास्तरीय टिमको सहभागीता रहेको प्रतियोगितामा अहिले सम्म छात्र छात्राका लङजम्प, सटफुट, ज्याभलीङ थ्रो, कराते, ट्रिपलजम्प, हाइजम्प, ३ सय मिटर, ४ गुणा ४ सय मिटर रिले, ३ हजार मिटर, २ सय मिटर, ८ सय मिटर र १५०० मिटर दौड सम्पन्न भएको छ ।

छात्र र छात्रा लङजम्प फाइनल हुँदा छात्रातर्फ मार्मा गाउँपालिका निशा महरा प्रथम, महाकलीका लक्ष्मी भट्ट द्वितीय र लेकमका भुवनेश्वरी गिरी तृतीय भएका छन् । यस्तै छात्रतर्फ नौगाड अनिल ठगुन्ना प्रथम, लेकमका गजेन्द्र नाथ द्वितीय र शैल्यशिखरका दिपक लुहार तृतीय भएका छन् । छात्रातर्फ १५०० मिटर दौडमा चन्द्रावती जोशी मार्मा प्रथम, पुष्पा जोशी शैल्यशिखर द्वितीय र सावित्री महता मार्मा तृतीय भएका छन् । यस्तै छात्रतर्फ १५०० मिटर दौडमा बिनोद टमटा मालिकार्जुन प्रथम, उमेश कुवँर मार्मा द्वितीय र दुर्योधन धामी अपिहिमाल तृतीय भएका छन् ।

सटफुट छात्रातर्फ भावना धामी नौगाड प्रथम, दुर्गा महरा महाकाली द्वितीय र बसन्ती धामी मालिकार्जुन तृतीय भएका छन् । सटफुट छात्रतर्फ कैलाश बिष्ट नौगाड प्रथम, जगदीश बिष्ट शैल्यशिखर द्वितीय र अनिल गिरी लेकम तृतीय भएका छन् । त्यस्तै ट्रिपल जम्प छात्रा तर्फ महाकाली नगरपालिकाका लक्ष्मी भट्ट प्रथम, मालिकार्जुन गाउँपालिकाका इश्वरी धामी द्धितीय र मार्मा गाउँपालिकाका निरुता विष्ट तृतीय  भएका छन। भने छात्र तर्फ नौगाड गाउँपालिकाका अनिल ठगुन्ना प्रथम, दुहुँ गाउँपालिकाका रोहित लुहार द्धितीय  र मार्मा गाउँपालिकाका चादन महरा तृतीय भएका छन् ।

ज्याभलिङ थ्रो छात्रा तर्फ अपिहिमाल गाउँपालिकाका अरिना धामी प्रथम, नौगाड गाउँपालिकाका शिर्जना ठगुन्ना द्धितीय र नौगाड गाउँपालिकाकै लक्ष्मी धामी तृतीय भएका छन् । ज्याभलिङ थ्रो छात्र तर्फ लेकम गाउँपालिकाका सन्तोष भण्डारी प्रथम, नौगाड गाउँपालिकाका दिनेश ठगुन्ना द्धितीय र लेकम गाउँपालिकाका अनिल गिरी तृतीय भएका छन। हाइजम्प छात्र तर्फ शैल्यशिखर नगरपालिकाका राकेश भण्डारी प्रथम, नौगाड गाउँपालिकाका विमल मन्याल द्धितीय र महाकाली नगरपालिकाका सन्देश थापा तृतीय भएका छन भने छात्रा तर्फ मार्मा गाउँपालिकाका निशा महरा प्रथम, नौगाड गाउँपालिकाका प्रेरणा ठगुन्ना द्धितीय, शैल्यशिखर नगरपालिकाका कामना गोयला र लेकम गाउँपालिकाका निर्मला धामी तृतीय भएका छन् ।

त्यस्तै ४ सय मिटर छात्र छात्रा दौडमा छात्रा तर्फ अपिहिमाल गाउँपालिकाका रमिला धामी प्रथम, मालिकार्जुन गाउँपालिकाका धाना महर द्धितीय र नौगाड गाउँपालिकाका रञ्जना धामी तृतीय भएका छन। ४ सय मिटर छात्र तर्फ मालिकार्जुन गाउँपालिकाका सन्जु पार्की प्रथम, शैल्यशिखर नगरपालिकाका प्रवेश लुहार द्धितीय र मालिकार्जुन गाउँपालिकाका चन्द्र देव जोशी तृतीय भएका छन् । ३ सय मिटर छात्र छात्रा दौडमा छात्रा तर्फ महाकाली नगरपालिका प्रथम, मार्मा गाउँपालिका द्धितीय र मार्मा गाउँपालिका तृतीय भएका छन, भने छात्र तर्फ मालिकार्जुन गाउँपालिका प्रथम, मार्मा गाउँपालिका द्धितीय र लेकम गाउँपालिकाका खेलाडीले तृतीय स्थान प्राप्त गरेका छन। त्यस्तै २ सय मिटर छात्र छात्रा दौडमा छात्रा तर्फ लेकम गाउँपालिकाका निर्मला धामी प्रथम, मार्मा गाउँपालिकाका प्रशंशा भट्ट द्धितीय र महाकाली नगरपालिकाका हंन्सा पाल तृतीय भएका छन्। २ सय मिटर छात्र तर्फ शैल्यशिखर नगरपालिकाका आयुष पार्की प्रथम, महाकाली नगरपालिकाका दिपांशु लोहनी द्धितीय र मार्मा गाउँपालिकाका पारस विष्ट तृतीय भएका छन्।  आज बिहानसम्म सम्पन्न फाइनल खेलहरुमा १२ स्वर्ण पदक सहित महाकाली नगरपालिका अग्र स्थानमा रहेको छ ।

महाकाली नगरपालिकाको १२ स्वर्ण ८ रजत र ७ कास्य पदक रहेका छन। त्यस्तै दोस्रो स्थानमा रहेको मार्मा गाउँपालिकाको ५ स्वर्ण ८ रजत र १० कास्य पदक, तेस्रो स्थानमा रहेको नौगाड गाउँपालिकाको ४ स्वर्ण, २ रजत र १ कास्य पदक रहेको छ। त्यस्तै अन्य स्थानीय तहमा क्रमश: मालिकार्जुन गाउँपालिकाको ३ स्वर्ण, २ रजत र ३ कास्य, अपिहिमाल गाउँपालिकाको ३ स्वर्ण, २ रजत र २ कास्य, शैल्यशिखर नगरपालिकाको २ स्वर्ण ४ रजत र ९ कास्य, लेकम गाउँपालिकाको २ स्वर्ण, ३ कास्य र ९ रजत पदक रहेका छन। दुँहु गाउँपालिकाको १ रजत पदक रहेको छ भने आज सम्म फाइनल खेलाईएका खेलहरुमा व्याँस गाउँपालिकाले कुनै पनि पदक जित्न सकेको छैन।

कराते तर्फ भिन्न उमेर र तौल समुह अन्तरगतका खेलहरुमा महाकाली नगरपालिकाले १० स्वर्ण, ५ कास्य र ५ रजत गरि करातेका २० पदक जितेको छ। करातेमै मार्मा गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक, लेकम गाउँपालिकाको करातेमा २ रजत र ४ कास्य पदक, शैल्यशिखर नगरपालिकाको १ रजत र ७ कास्य पदक र मालिकार्जुन गाउँपालिकाले १ कास्य पदक जितेको छ। प्रतियोगितामा भलिबल, कबड्डी र अन्य खेलहरुमा हिट चरणका खेलहरु खेलाईएका छन। यस्तै आज सम्पन्न छात्रा ८०० मिटर दौडमा अपिहिमाल प्रथम, मार्मा द्धितीय र तृतीय भएको छ भने छात्रहरुमा शैल्यशिखर प्रथम भएकाे खेल स्थलबाट सहकर्मी मिलन मिश्रले जानकारी दिनुभएको छ। भलिबल, कबड्डीका सेमिफाइनल, फाइनल खेलहरू सुरू गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?