दार्चुला । दार्चुलामा एमालेको तीन महिने वडा केन्द्रीत जरा अभियान जारी रहेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका बाट सुरु भएको मूल टोलीको कार्यक्रम लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा कार्यक्रम गर्दै अपिहिमाल पुगेको छ ।
बुधवार (आज) वडा नम्बर २ को घुसामा मूल टोलीको कार्यक्रम अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष सुरेन्द्र धामीको अध्यक्षता रहेको कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, अपिहिमाल गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष तथा एमाले गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्याल लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०७२ सालबाट नेपाली कांग्रेसमा आवद्ध हरि धामीले नेकपा एमाले प्रवेश गरेका छन् । धामीलाई केन्द्रीय कमिटी सदस्य एंव प्रमुख अतिथी हरदेब जोशी, पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी लगायतका नेताहरुले पार्टीमा स्वागत गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा अपिहिमाल गाउँपालिका इन्चार्ज शान्ती धामीले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा पार्टीमा आवद्ध १२ जना जेष्ठ सदस्यहरुलाई पनी सम्मानित गरिएको धामीले बताउनुभयो । पछिल्लो चार दिनमा अपिहिमालको वडा नम्बर १, २, ५ र ६ मा एमालेको मूल टोलीको अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।





प्रतिक्रिया