दार्चुलाको १५औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भलिबल र कबड्डी फाइनल खेल आज

दार्चुला । दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तिम चरणमा आइपुगेको छ । मार्मा गाउँपालिका वडा नम्बर ४ तपोवनमा शनिवार उद्घाटन भएको प्रतियोगितामा हिजोसम्म एथलेटिक्स र कराते तर्फका सबै खेल सम्पन्न भएका छन । अब भलिबल र कबड्डीको फाइनल बाँकी रहेको छ।

हिजो सम्म सम्पन्न भएका एथलेटिक्स र करातेका ३८ स्वर्णका खेलहरु सम्पन्न हुँदा जिल्लाको महाकाली नगरपालिका अग्र स्थानमा रहेको छ। प्रतियोगितामा महाकाली नगरपालिकाले करातेका १० स्वर्ण सहित जम्मा १२ स्वर्ण पदक सहित पहिलो स्थानमा रहेको छ । महाकाली नगरपालिकाको १२ स्वर्ण, ९ रजत र ७ कास्य पदक रहेका छन। त्यस्तै दोस्रो स्थानमा रहेको मार्मा गाउँपालिकाको ९ स्वर्ण ९ रजत र १५ कास्य पदक, तेस्रो स्थानमा रहेको नौगाड गाउँपालिकाको ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक रहेको छ। त्यस्तै अन्य स्थानीय तहमा मालिकार्जुन गाउँपालिकाको ४ स्वर्ण, ३ रजत र ४ कास्य, शैल्यशिखर नगरपालिकाको ३ स्वर्ण ५ रजत र १० कास्य, अपिहिमाल गाउँपालिकाको ३ स्वर्ण, १ रजत र १ कास्य पदक रहेको छ।

त्यस्तै लेकम गाउँपालिकाको २ स्वर्ण, ५ रजत र ९ कास्य, दुहुँ गाउँपालिकाको १ रजत पदक रहेको छ, ब्याँस गाउँपालिका पदक विहिन अवस्थामा प्रतियोगिताबाट बाहिरिएको छ।

कबड्डी र भलिबल छात्र, छात्राको फाइनल खेल आज हुने छ। भलिबलको छात्र तर्फ शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिका फाइनल पुगेका छन। त्यस्तै छात्रा तर्फ मार्मा गाउँपालिका र नौगाड गाउँपालिका फाइनलमा पुगेका छन् । छात्रा भलिबल फाइनलमा हिजो २ सेट खेलाइएकोमा दुबै टिमले एक एक सेट जितेका छन । समय अभावका कारण बाँकी खेल आज सञ्चालन हुने आयोजकले जनाएको छ । कबड्डी तर्फ छात्रछात्रा दुबैमा माहाकाली नगरपालिका र मार्मा गाउँपालिका फाइनलमा रहेका छन। फाइनल खेलाएर प्रतियोगिता आजै सम्पन्न हुने खेलस्थलबाट सहकर्मी मिलन मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?