साविक लटिनाथ गाविसका अध्यक्ष गोपाल दत्त जोशीको निधन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ रिल निवासी साविकको लटिनाथ गाउँ विकास समितिका पूर्व अध्यक्ष एंव नेपाली कांग्रेसका पूर्व जिल्ला कार्य समिति सचिव गोपाल दत्त जोशीको ६५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयबाट किड्नीको समस्याबाट ग्रसित जोशीको उपचारका क्रममा काठमाण्डौँ स्थित एनएसी हस्पिटल जोरपाटीमा बिहिवार (आज) बिहान निधन भएको नेपाली कांग्रेस मार्मा गाउँकार्यसमिति सभापति धनन्जय जोशीले जानकारी दिनुभयो ।

२०४८ र २०५४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित लटिनाथ गाउँ विकास समिति अध्यक्ष जोशीको निधनले सिंगो गाउँ स्तब्ध भएको उहाँले बताउनुभयो । मृतक जोशीको आजै पशुपती आर्यघाटमा अन्तेष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?