दार्चुला । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल घर भएकी २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।
पढाइको सिलसिलामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्दै आएकी बोहरा सवार म १ प ४६५८ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को वन समितिमा बिहीवार (आज) बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले ठक्कर दिदा घटानास्थलमै मृत्यु भएको मृत्तक बोहराका आफन्त नविन धामीले जानकारी दिनुभयो ।





प्रतिक्रिया