दार्चुलाको ठण्याकाठामा सडक माथिबाट पहिरो खस्दा खंलगा–गोकुलेश्वर सडक खण्ड अबरुद्ध

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

केहि समय पहिले मात्रै मर्मत सम्भार सम्पन्न गरिएको किम्तडी ठण्याकाठामा माथिबाट लेदोसहित पहिरो खस्दा विहान ७ बजेबाट महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुदा तराइबाट जिल्ला सदरमुकामको लागी छुटेका तथा  जिल्लाबाट बाहिरिने सवारी र  यात्रुहरु बाटोमै अलपत्र परेको बस व्यवसायी दुर्गादत्त भटट्ले जानकारी दिनुभयो । सरोकारवाला निकायले पहिरो पन्छाएर सडक सूचारु गरिदिन सवारी तथा गाडी वइवसायीहरुले अनुरोध गरेका छन् ।

सडक अबरुद्ध हुदा जिल्ला सदरमुकाम भित्रिने र बाहिरिने यातायातका साधनहरु ठप्प भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?