दार्चुला । कञ्चनपुरमा बुवाको शव पठाएर फर्किदा छोरीकोपनी मृत्यु भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल स्थायी घर भइ त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहराको हृद्धयघातका कारण फागुन १३ गते र उहाँकै छोरी निर्मला बोहराको फागुन १५ गते (हिजो) कञ्चनपुरमा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो ।
दुबै बुवा,छोरीको कञ्चनपुरमा (हिजो) एकै चिहानमा अन्तेष्टी गरिएको मृत्तक बोहराका आफन्त नविन धामीले जानकारी दिनुभयो । पढाइको सिलसिलामा निर्मला र उनका भाई महेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका थिए ।
बुबाको दिंवगत अनुहार हेरेर फर्किदै गरेकी छोरीलाइ पनी दैवले खोसेपछी सिंगो दार्चुला सहित निसिल गाउँ शोकमग्न बनेको छ ।





प्रतिक्रिया