दार्चुला । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले दुई वटा जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित गरेको छ । प्रदेशका दार्चुला र कैलाली शाखालाई उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित गरिएको प्रेस चौतारी नेपाल सुदूरपश्चिमका महासचिव शिवराज भट्टले जानकारी दिनुभयो । दार्चुलामा प्रेस चौतारी नेपाल सबैभन्दा ठूलो सशक्त संगठनका रूपमा स्थापित छ । प्रेस चौतारीको ऐतिहासिक तेस्रो केन्द्रीय समिति बैठक दार्चुलामा आयोजना गरिएको थियो। बलियो संगठन भएकै कारण नेपाल पत्रकार महासंघ दार्चुलामा प्रेस चौतारीले निरन्तर नेतृत्व गर्दै आएको छ ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनको अवसरमा प्रेस चौतारी नेपाल दार्चुला र कैलाली शाखालाई उत्कृष्ट जिल्ला शाखाको रूपमा प्रशंसा-पत्र सहित सम्मानित गरिएको प्रदेश समिति अध्यक्ष कृष्ण ओलीले बताउनुभयो । प्रेस चौतारी नेपाल कैलालीका पूर्व अध्यक्ष भानुभक्त आचार्य र वर्तमान अध्यक्ष जनक बिष्ट र दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीलाई प्रेस चौतारी नेपाल केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रदेश अध्यक्ष कृष्ण ओली सहित संगठनका नेता र अधिवेशनका अतिथिहरूले दोसल्लासहित सम्मानित गर्नुभएको हो । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिममा चौतारीको स्थापना गर्ने र संगठन विकास तथा विस्तारमा योगदान गर्ने अग्रज नेताहरूलाई समेत सम्मानित गरेको छ ।

प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र जोशीले सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थागत विकास तथा विस्तार, पेशागत सुरक्षा, सामाजिक जवाफदेहीता र संगठनको गरिमा बढाउन दार्चुला शाखा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो सम्मानले जिम्मेवारी थप गरेको महसुस भएको उहाँको भनाइ छ। दार्चुलामा प्रेस चौतारी स्थापनाकालदेखि हालसम्म भूमिका खेल्ने, सहयोगी र सहयात्री आदरणीय, समकालीन र अनुज सबैलाई अध्यक्ष जोशीले धन्यवाद ज्ञापन गर्नुभयो ।







प्रतिक्रिया