दार्चुला । दार्चुलामा यस बर्ष हिउँद सकिनै लाग्दा हिउँदे वर्षा भएको छ । दार्चुलामा बिहीवारदेखि लगातार वर्षा भइरहेको छ । दार्चुला बैतडी सहित सुदूरपश्चिममा पश्चिमी वायु सक्रिय भएपछि हिउँदे बर्षा भएको हो ।
उच्च क्षेत्रहरुमा हिमपातका साथै हिउँदे वर्षा भएपछि किसानहरु खुसी भएका छन् । यो बर्ष लामो समयदेखि पानी नपरेको र यो वर्षाले बालीनालीका लागि निकै फाइदा पुगेको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का स्थानीय कम्मान सिंह खत्रीले बताउनुभयो ।
हिउँद सकिनै लाग्दा भएको बर्षाले बालीनालीको उत्पादन वृद्धिमा सहयोग पुग्नुका साथै तरकारी खेतीमा आवद्ध किसानहरुलाई फाइदा पुगेको अगुवा किसान एव लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहराले बताउनुभयो । सिँचाइको सुविधा नभएका ठाउँका लागि यो बर्षा निकै लाभदायक भएको उहाँले बताउनुभयो । दार्चुलाका अधिकास क्षेत्रमा आकासे पानीकै भरमा हिउँदे खेती गर्ने गरिएको छ ।
हिउँदे वर्षाले बालिनाली, फलफुल र तरकारी खेतीमा राहात पुर्याएको भन्दै किसानहरु खुशी भएका छन् । जिल्लाका उच्च लेकाली भेगमा हिमपात समेत भएको छ । नेपालमा समान्यतया मंसिर १६ गतेदेखि फागुन १६ गते (आज)सम्मलाई हिउँदेयाम मानिन्छ ।
हिउँदको समयमा यो बर्ष खासै बर्षा नभएको र हिउँदको अन्तिममा भएको बर्षाले खेतीपातीका लागि केही राहत पुग्ने किसानहरुको अपेक्षा छ ।





प्रतिक्रिया