दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षती

दार्चुला । दार्चुलामा एक युवकले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका २८ वर्षीय गौर सिंह महराले बिहिवार (हिजो) राती आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घर पूर्णरूपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगो लगाउने व्यक्ति नेपाली सेनामा कार्यरत जवान हुन् । बिदामा घर आएको बेला आगो लगाएको बताइएको छ । हाल उनको मानसिक अवस्था ठिक नरहेको स्थानीयले बताएका छन् ।

यस्तै आगलागीबाट गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । घटनाबारे बिहान मात्रै खबर आएको र बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र नेपाली सेनाको टोली खटिएको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।

आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात लगायत सबै समान जलेर नष्ट भएको छ । घरमा आगजनी गर्ने महरालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?